कास्कीको चुमरुङमा हिमपहिरो जाँदा बेपत्ता चिनियाँ नागरिक मृत भेटिए

कास्कीको चुमरुङमा हिमपहिरो जाँदा बेपत्ता चिनियाँ नागरिक मृत भेटिए
२०८१ चैत २२ गते शनिवार ०५:५२

कास्की जिल्लाको अन्नपुर्ण गाउन्पालिका वडा नम्बर ११ देउरालीस्थित चुमरुङमा हिमपहिरो जाँदा बेपत्ता भएका एक जना चिनियाँ नागरिक मृत भेटिएका हुन्। गएको चैत ११ गते मध्यान्ह १२ . ३० बजे चुम्‍रुङमा हिम पहिरो जाँदा बेपत्ता भएका २८ वर्षीय...

कास्की जिल्लाको अन्नपुर्ण गाउन्पालिका वडा नम्बर ११ देउरालीस्थित चुमरुङमा हिमपहिरो जाँदा बेपत्ता भएका एक जना चिनियाँ नागरिक मृत भेटिएका हुन्।

गएको चैत ११ गते मध्यान्ह १२ . ३० बजे चुम्‍रुङमा हिम पहिरो जाँदा बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक E-Cheng Yuan मृत भेटिएका हुन्।

उक्त हिमपहिरोमा परेर बेपत्ता भएका ती चिनियाँ नागरिकको खोजीका लागि सशस्त्र प्रहरीको कालिका गण पोखराबाट खटिएको सशस्त्र प्रहरी निरिक्षक विश्वराज त्रिपाठीको नेतृत्वमा रहेको एक बिशेष बिपद् उद्धार टोलि खटिएको थियो। विपद् उद्धारका सामाग्रीहरुसहित उद्धारका लागि खटिएको उक्त बिशेष बिपद् उद्धार टोलीले बेपत्ता चिनियाँ नागरिकको शब अन्नपूर्ण ११ देउराली / चुम्‍रुङ्गस्थित मादि नदि किनारबाट २० मिटर उत्तरतर्फ झोला बोकी घोप्टो परेको अवस्थामा फेला पारेको सशस्त्र प्रहरीको कालिका गणका गणपति एसपी सुर्य प्रसाद तिमिल्सेनाले जानकारी दिए ।

प्रकाशित मिति २०८१ चैत २२ गते शनिवार ०५:५२
प्रतिक्रिया दिनुहोस्