पोखरामा नमूना नगर सभा आजबाट सुरु

पोखरामा नमूना नगर सभा आजबाट सुरु
२०८१ चैत २५ गते मङ्गलबार १०:०४

पोखरा महानगरपालिका नगर युवा परिषदद्वारा आयोजित ‘नमूना नगर सभा’ कार्यक्रम आजबाट हुदैछ । सराङकोटस्थित नयाँ गाउँ इको रिसोर्टमा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा महानगरपालिकाका ३३ वटै वडाबाट करिब ७० जना युवाहरूको सहभागिता...

पोखरा महानगरपालिका नगर युवा परिषदद्वारा आयोजित ‘नमूना नगर सभा’ कार्यक्रम आजबाट हुदैछ ।

सराङकोटस्थित नयाँ गाउँ इको रिसोर्टमा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा महानगरपालिकाका ३३ वटै वडाबाट करिब ७० जना युवाहरूको सहभागिता रहने छ ।

यस कार्यक्रममा युवाहरूले आफ्नो दृष्टिकोणबाट पोखराको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने आयोजक टिमले जनाएको छ ।

‘समृद्ध नेपालको लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने नाराका साथ आयोजना गरिने यस कार्यक्रमले युवाहरूलाई राजनीतिक साक्षरताको ज्ञान दिने, नीति निर्माण प्रक्रियाको अनुभव गराउने र नगरसभाको नमूना अभ्यास गराउने लक्ष्य राखेको छ ।

नगर सभाको अभ्यासमार्फत युवाहरूले स्थानीय सरकार सञ्चालनको प्रक्रिया बुझ्नेछन् । उनीहरूले आफैंले तयार पारेका नीति तथा सुझावहरू प्रस्तुत गर्ने र नगरको विकासमा योगदान पु¥याउने अवसर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २०८१ चैत २५ गते मङ्गलबार १०:०४
प्रतिक्रिया दिनुहोस्