डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
बुधबार राति सायल गाउँपालिका वडा ६ दल्लेखका लहरी नागरीको घरमा चट्याङ लागेर उनकी श्रीमती अन्दाजी ३२/३३ बर्षीय कमला नगरीको मृत्यु भएकाे प्रहरीले जानकारी दिएका छन् ।
चट्याङमा घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा डोटीमा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
घाइते हुनेमा मृतक नागरीकी १० वर्षीया छोरी तारा नागरी उनकै छोराहरू ८ बर्षीय अविशेक नागरी ६ बर्षीय अबि नागरी र ३ महिने शंकर नागरी सोही ठाउँकी ४० वर्षीय तारा नागरी ८० वर्षीया कालि दमाई र ६ बर्षीय खुशी नागरी रहेका छन् ।
प्रकाशित मिति २०८१ चैत २७ गते बिहिबार ०९:३८