दुर्गा प्रसाई पक्राउ परेको भन्दै भ्रम नफैलाउन नेपाल प्रहरीको अनुरोध

दुर्गा प्रसाई पक्राउ परेको भन्दै भ्रम नफैलाउन नेपाल प्रहरीको अनुरोध
२०८१ चैत २८ गते शुक्रबार १०:५३

दुर्गा प्रसाई पक्राउ परेको भन्दै भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिन प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचायले अनुरोध गरेका छन् । बिहिवार राति प्रेस विज्ञप्ती जारी गर्दै उनले ’दुर्गा प्रसाई पक्राउ’ भन्ने...

दुर्गा प्रसाई पक्राउ परेको भन्दै भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिन प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचायले अनुरोध गरेका छन् ।

बिहिवार राति प्रेस विज्ञप्ती जारी गर्दै उनले ’दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ’दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार रहेका प्रसाई प्रहरीको खोजीको सूचिमा रहेको जानकारी थिए ।

प्रकाशित मिति २०८१ चैत २८ गते शुक्रबार १०:५३
प्रतिक्रिया दिनुहोस्