तनहुँमा ट्रिपरले स्कुटरलाई ठक्कर दियो : दाजुको मृत्यु, बहिनी घाइते

तनहुँमा ट्रिपरले स्कुटरलाई ठक्कर दियो : दाजुको मृत्यु, बहिनी घाइते
२०८१ चैत ३० गते आईतबार ०९:४१

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे-१ बरचौरमा शनिबार साँझ ट्रिपरले स्कुटरलाई ठक्कर दिंदा दाजुको मृत्यु भएको छ भने बहिनि घाइते भएका छन्। दमौलीबाट गुणादी तर्फ जादै गरेको ग २५ प ५५२२ नम्बरको स्कुटर लाइ बिपरित दिशाबाट आउदै...

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे-१ बरचौरमा शनिबार साँझ ट्रिपरले स्कुटरलाई ठक्कर दिंदा दाजुको मृत्यु भएको छ भने बहिनि घाइते भएका छन्।

दमौलीबाट गुणादी तर्फ जादै गरेको ग २५ प ५५२२ नम्बरको स्कुटर लाइ बिपरित दिशाबाट आउदै गरेको ग १ ख ५८७५ नम्बरकाे टिपरले ठक्कर दिँदा स्कुटरमा सवार दाजुको मृत्यु भएको हो भने बहिनि घाइते भएका छिन्।

प्रहरीका अनुसार , उक्त दुर्घटनामा परेर स्कुटरमा सवार व्यास ५ पाटनका मनिस आलेको घटनास्थलमा नै मृत्यु भएको छ । यस्तै स्कुटरको पछाडि सवार मृतक आलेको बहिनी अनिशा आले घाइते भएकी छन् । घाइते अनिशालाई उपचारका लागि पाेखरा मेडिकल कलेज पुर्‍याइएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति २०८१ चैत ३० गते आईतबार ०९:४१
प्रतिक्रिया दिनुहोस्