भक्तपुरको बिस्का जात्रामा भैलखः अर्थात् रथले किचेर एक जना मृत्यु भएको छ।
बिस्का जात्राको चौथौ दिन आइतबार रथ बिग्रिएपछि मर्मत गरेर गहिटी टोलबाट योसिंखेलसम्म लैजाने क्रममा रथ पांग्राले किचेर अन्दाजी ३७ वर्षीय सुशील तमखुको मृत्यु भएको हो।
मृतक तमखु भक्तपुर वडा नं ४ स्थित लाकोलाछेंका स्थानीय भएको र हाल सूर्यविनायक नगरपालिकास्थित सिपाडोलमा बस्दै आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए। जात्राको चौथौ दिन ५५ हात लामो योसिद्यो उभ्याएर जात्रा गरिन्छ।
प्रकाशित मिति २०८२ बैशाख १ गते सोमबार ०७:२६