पोखराको होटेलमा खाएर पैसा नतिर्ने नक्कली डिएसपी पक्राउ

पोखराको होटेलमा खाएर पैसा नतिर्ने नक्कली डिएसपी पक्राउ
२०८२ बैशाख ९ गते मङ्गलबार ०९:१६

पोखरा । पोखराबाट एक जना नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोक स्थित रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट आइतबार राती करीब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन्। पक्राउ...

पोखरा । पोखराबाट एक जना नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोक स्थित रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट आइतबार राती करीब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन्।

पक्राउ परेका अभियुक्त बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदी घर भएका वर्ष ३२ को चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

अभियुक्त पौडेलले उक्त रेष्टुरेन्ट एण्ड बारमा अर्डर गरी आफुले मागे अनुसारको खानेकुराहरु खाए पश्चात म प्रहरीको डि.एस.पि. हुँ भन्दै धाक धम्की दिएको प्रहरीको आरोप छ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरास्सतामा रहेका पौडेलका बिरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ बैशाख ९ गते मङ्गलबार ०९:१६
प्रतिक्रिया दिनुहोस्