नेकपा (एमाले) पोखरा–२१ ले वयलि, मैदान तथा चुरेटागाँउ सहितको वडाको मनकामना टोल बिकास सस्थामा पार्टीको मनकामना टोल कमिटीको दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।टोल कमिटि अध्यक्ष हरि प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कास्की जिल्ला कमिटी सचिवालय सदस्य झपट रानाभाटले आज बैशाख १३ गते मनमोहन स्मृति दिवस पनि भएको हुदा कम्युनिस्ट पार्टीका जेठा सदस्य ,नेपाली राजनीतिक आकाशका अग्ला ब्यक्तित्व, नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री , आफ्नो गाउँ आफैं बनाऔं , बृद्द, अपांग, उत्पिडित तथा असहाय भत्ताका सुत्रपात, भारत सित सन् १९५० को सन्धि सच्चाउनु पर्छ भन्ने पहिलो हिम्मत राखेर भारतको भ्रमण गर्ने नेकपा (एमाले) का तत्कालीन अध्यक्ष दिबङ्गत आदरणीय ब्यक्तित्व मनमोहन अधिकारी प्रति उच्च सम्मान पूर्वक भावपुर्ण श्रद्दासुमन व्यक्त गर्दै उहाकै योगदानमा आज पनि हामी नेकपा (एमाले)का अनुयायीहरु गाउँको बिकासमा पार्टीको बिरासतलाई आत्मसाथ गर्दै हिडिरहेको बताउनु भयो। पोखरा २१ (एमाले) पार्टी अध्यक्ष राजेन्द्र थापाले पार्टीको जरा केन्द्रित अभियान अन्तरगत बन्ने टोल कमिटिले टोलका समस्याहरु पहिचान गरि समाधानका लागि पार्टी पङ्ती संग सहकार्य गरेर समृद्ध मनकामना टोल निर्माणमा एकजुट भएर लाग्न सबैलाई आग्रह गर्दै पोखरा २१ को बयलि, मैदान तथा चुरेटागाँउ पर्यटकिय गन्तव्य पनि भएको र रमणीय बनभोज स्थलहरु जस्तै मनकामना पिक्निक स्पोट, वयलिडाडा पिक्निक स्पोट पनि यस ठाउमा रहेको हुदा ग्रामिण पर्यटक प्रवन्धनमा स्थानिय तहले सहजिकरण गर्नु पर्ने बताए। कार्यक्रममा अतिथिहरु लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय सदस्य राम बहादुर गुरुङ्ग, पोखरा महानगर कमिटी सदस्य वीर बहादुर गुरुङ्ग वडा अध्यक्ष दिपक प्रसाद सुवेदी, वडा कमिटी सचिव कुल्दिप आचार्य ,रिटर्नी फेडेरेसन २१ का अध्यक्ष जीवन कार्की , पुर्व जनप्रतिनिधि रघुनाथ पोखरेल, स्थानिय राम बहादुर कार्की हिरा बहादुर परियार लगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रम सन्चालन एमाले २१ का वडा कमिटि सदस्य सीता खड्का थापाले तथा स्वागत मन्तब्य वडा कमिटी सदस्य अम्बिका कोइराला सुवेदिले राखेकी थिईन।सो अवसरमा गंगा बहादुर कार्कीको अध्यक्षतामा आगामी कार्यकालका लागि ११ सदस्यीय नय टोल कमिटी सर्ब सम्मत गठन भएको थियो।नवनिर्वाचित कमिटीका अध्यक्ष कार्कीले टोलमा मुख्यतः हर्रावट देखि रातामाटा सडक स्तरउन्नती , वयलि चुरेटागाँउ सडक स्तरउन्नती तथा पिउने पानीमा देखिएका समस्याहरु समाधान गर्न वडा समिती तथा पार्टी लाग्नु पर्ने कुरा जोडदार संग राखेका थिए।










