बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ३ रात्माटामा मगलबार विहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ध १ च ८३ नम्बरको ट्याक्टर रातमाटामा सडकबाट करिब २० मिटर तल खस्दा बागलुङ
नगरपालिका वडा नम्बर १२ का १८ वर्षीय सहचालक सरोज विक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई धौलागिरी अस्पतालमा ल्याइएको थियो । उनको धौलागिरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । ट्याक्टर अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।
प्रकाशित मिति २०७८ असार ८ गते मङ्गलबार ०४:१६