नगर विज्ञ समितिले टुंगायो पहिलो चरणको सुझाव संकलन अभियान

नगर विज्ञ समितिले टुंगायो पहिलो चरणको सुझाव संकलन अभियान
२०८२ असार ३ गते मङ्गलबार ०९:३५

स्याङ्जा असार ३/ पुतलीबजार नगरपालिकाको नगर विज्ञ समितीले पहिलो चरणको सुझाव संकलन अभियानलाई टुंगाएको छ । समितिको मंगलबार बसेको बैठकले नगरको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको लागि पुतलीबजारका १४ वटै वडाबाट सम्बन्धित...

स्याङ्जा असार ३/ पुतलीबजार नगरपालिकाको नगर विज्ञ समितीले पहिलो चरणको सुझाव संकलन अभियानलाई टुंगाएको छ । समितिको मंगलबार बसेको बैठकले नगरको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको लागि पुतलीबजारका १४ वटै वडाबाट सम्बन्धित व्यक्ती र सरोकारवालाहरुसंग गरिएको पहिलो चरणको आवश्यक राय सुझाव संकलन अभियान सकिएको र अभियानबाट संकलित सुझाव नगरमा पेश गर्ने तयारी गरेको समितिका संयोजक भरत प्रसाद लम्सालले जानकारी दिए ।

लम्सालले पहिलो चरणको अभियान टुंगिएको भए तापनी विज्ञ समिती निरन्तर नगर र जन समुदायको माझमै रहने बताए । नगरले केही दिनमा नै नगरको आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । नगरको बृहत्तर विकास र हितको लागि भन्दै गत जेठ २५ गते लम्सालको नेतृत्वमा ५ सदस्यीय विज्ञ समिती चयन गरिएको थियो ।

पहिलो चरणको सुझाव संकलन अभियानमा नेपाली काङ्ग्रेस पुतलीबजार नगर सभापती सुरज कुमार अधिकारी, वडा न ३ का सभापती कमल कान्त उपाध्याय र सचिव मोति प्रसाद मरासिनी लगायतको समन्वय रहेको समितिका सदस्य सचिव मनोज मल्लले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १४ को  उपदफा २ र ३ बमोजिम गठित समितिले नगरको समग्र शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी, सूचना प्रविधि, वन–वातावरण, महिला, दलित, बालबालिका, जेष्ठ नागरिक लगायतका क्षेत्रमा नीति निर्माणका लागि सुझाव, सल्लाह तथा राय दिने विश्वास नगर प्रमुख तुलसीराम रेग्मीको छ ।

सो विज्ञ समितिमा संयोजक लम्साल सहित, ध्रुवबन्धु पौडेल, भवानी अधिकारी, बोधराज अर्याल र सदस्य सचिवमा मल्ल रहेका छन । उनिहरुले सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा अब्बल भुमिकामा रहेर सक्रियता पुर्वक जिम्मेवारी निभाइसकेका छन ।
पी।

प्रकाशित मिति २०८२ असार ३ गते मङ्गलबार ०९:३५
प्रतिक्रिया दिनुहोस्