चुईटियो एमाले: निर्वाचन आयोगमा माधव समुहको नेकपा एकीकृत दर्ता

चुईटियो एमाले: निर्वाचन आयोगमा माधव समुहको नेकपा एकीकृत दर्ता
२०७८ असार ९ गते बुधबार ०६:५५

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ । दुई दिनअघि जीवन राई अध्यक्ष रहेको सो दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट...

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ । दुई दिनअघि जीवन राई अध्यक्ष रहेको सो दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष जीवन राईको नेतृत्वमा सो दल दर्ता भएको हो । गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो ।  सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् ।

प्रकाशित मिति २०७८ असार ९ गते बुधबार ०६:५५
प्रतिक्रिया दिनुहोस्