स्याङ्जा असार ११/ स्याङ्जाको पुतलीबजार नगरपालिका ७ ठुलाडिहिमा स्वास्थ्य सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । रोट्यार्याक्ट क्लब अफ नक्साल शक्तीको आयोजना र रोटरी क्लब अफ नक्साल शक्तिको समन्वयमा पुतलीबजार ७ मा रहेको जनता माध्यमिक विद्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगर उपप्रमुख देवि अर्यालले मानव स्वास्थ्य नै पहिलो भएकाले स्वास्थ्य प्रती हामी सबै सजग रहनुपर्ने बताइन । समुदाय स्तरमा स्वास्थ्य प्रती सचेतना वृद्धि गर्नका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण टेवा पुर्याउने अर्यालको भनाइ थियो । सो अवसरमा उप प्रमुख अर्यालले यो ठाउमा आएर प्रभावकारी कार्यक्रम गरेकोमा रोट्यार्याक्ट क्लब र रोटरी क्लबलाई धन्यवाद समेत व्यक्त गरिन ।
कार्यक्रममा जिल्ला समन्वय समिती स्याङ्जाका सदस्य नेम बहादुर राना, वडा अध्यक्ष कृष्ण बहादुर आले, पत्रकार भवानी अधिकारी, अभियान सुचना केन्द्र स्याङ्जाका अध्यक्ष बन्दना लम्साल, शिक्षक अभिभावक संघका अध्यक्ष अशोक रेग्मी, खुमा अर्याल फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्मा लगायतले आआफ्ना धारणा राखेका थिए ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कपिलमणि रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक खुम रानाले स्वागत एवम कार्यक्रम संचालन सहायक प्रधानाध्यापक रवि विक्रम रेग्मीले गरेका थिए । त्यस्तै कार्यक्रममा डा अनुप लम्सालले प्रशिक्षण दिएका थिए ।
खुमा अर्याल फाउन्डेसन र विभिन्न संघ सस्थाहरु संगको सहकार्यमा रोट्यार्याक्ट र रोटरी क्लबले पुतलीबजारका सामुदायिक विद्यालयहरुमा प्रशिक्षण, स्वास्थ्य तथा विद्यालय सामग्री र सचेतनामुलक कार्यक्रम गर्दै आएको खुमा अर्याल फाउन्डेसनका अध्यक्ष शर्माले जानकारी दिए ।










