पोखरामा टिपरको ठक्करबाट स्कुटरमा सवार स्याङ्जाकी मिना क्षेत्रीको मृत्यु

पोखरामा टिपरको ठक्करबाट स्कुटरमा सवार स्याङ्जाकी मिना क्षेत्रीको मृत्यु
२०८२ असार १३ गते शुक्रबार ०५:५१

पोखरा असार १२/पोखरामा टिपरले  स्कुटरलाई ठक्कर दिँदा महिलाको ज्यान गएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनमा ग।क ३४४५ नम्बरको टिपरले ग।२६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारी...

पोखरा असार १२/पोखरामा टिपरले  स्कुटरलाई ठक्कर दिँदा महिलाको ज्यान गएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनमा ग।क ३४४५ नम्बरको टिपरले ग।२६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारी बस्ने ४२ वर्षीया मिना क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ असार १३ गते शुक्रबार ०५:५१
प्रतिक्रिया दिनुहोस्