कार दुर्घटनामा परेर इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका पोर्चुगिज फरवार्ड डिएगो जोताको निधन भएको छ।
स्पेनको जामोरा नजिक भएको कार दुर्घटनामा जोटा र उनको भाइ आन्द्रेको मृत्यु भएको स्पेनिस टेलिभिजन च्यानललाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
२८ वर्षीय यी खेलाडी भाइ आन्द्रेसँगै कारभित्र रहेका बेला कारमा आगलागी भएको अंग्रेजी अनलाइन द सनले उल्लेख गरेको छ।
मेडिकल इमर्जेन्सी युनिट (यूएमई)का अनुसार, उनीहरूलाई मोम्बेयु हेल्थ केयरमा पठाइएकामा दुवैको मृत्यु पुष्टि भएको हो ।
जोटाले दुई हप्ताअघिमात्रै प्रेमिका रुट कार्डोसोसँग विवाह गरेका थिए । यी दुईले पोर्टोमा विवाह गरेका थिए ।
लिभरपुलका फरवार्ड तथा लेफ्ट विंगर जोटा सन् २०२० मा इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका थिए । त्यसअघि, उनले सन् २०२१८ देखि २०२० सम्म वुल्भ्सबाट खेलेका थिए ।
सन् २०१९ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका जोटा त्यसयता पोर्चुगलको नियमित सदस्य रहँदै आएका थिए ।










