पोखरामा एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई वडा १३ को सम्मान

पोखरामा  एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई  वडा १३ को  सम्मान
२०८२ असार १९ गते बिहिबार १०:३२

पोखरा, १९ असार / एसईई–२०८१ मा उत्कृष्ट नतिजा ल्याएका पोखरा वडा नं। १३ का विद्यार्थीहरूलाई वडा कार्यालयले सम्मान गरेको छ । मंगलबार आयोजित कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई संयुक्त रूपमा बधाई र सम्मान...

पोखरा, १९ असार / एसईई–२०८१ मा उत्कृष्ट नतिजा ल्याएका पोखरा वडा नं। १३ का विद्यार्थीहरूलाई वडा कार्यालयले सम्मान गरेको छ । मंगलबार आयोजित कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई संयुक्त रूपमा बधाई र सम्मान प्रदान गरिएको हो ।

वडा अध्यक्ष किरण बरालले एसईईमा सर्वोत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई बधाई दिंदै उच्च शिक्षाका लागि अभिभावकहरुले पनि विद्यार्थीको भावना बुझ्दै सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले अनुशासन, परिश्रम र निरन्तरता नै सफलताको मूल मन्त्र भएको भन्दै थप उचाई हासिल गर्न शुभकामना दिए।

वडा शैक्षिक समन्वय संयोजक राजेन्द्र भण्डारीले अहिलेको समय अवसर र चुनौतीको दोसाँध भएको भन्दै विद्यार्थीलाई लक्ष्यप्रति दृढ भएर आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गरे।

कार्यक्रममा समाजसेवी लोकबहादुर कार्की, वडा सदस्यहरू बलबहादुर बराल, रजनी परियार, सूचिता तमाङ, शरिफ मियाँ लगायतले विद्यार्थीलाई बधाईसहित सम्मान गरे।
कार्यक्रममा १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शैक्षिक संयोजक राजेन्द्र भण्डारीले गरेका थिए ।
सम्मानित हुनेहरुमा
भद्रकाली माविबाट प्रेरणा परियार, सृष्टि अधिकारी, प्रिया रानामगर, सिजन ढेवाजू
अक्सफोर्ड स्कूल गौरव आचार्य
ताराकुञ्ज बोर्डिङ सुशील सुवेदी
बेसलाइन एकेडेमी सौरभी राजभाट
चिल्ड्रेन्स एकेडेमी स्पन्दन घिमिरे
बालकल्याण बोर्डिङ बृष्टि सुनार
इडेन्स एकेडेमी संजीव कुटुवाल
गण्डकी आदर्श बोर्डिङ आस्था आचार्य
आर्वा विजय मावि सुरक्षा पोडेल
रतनपाण्डे मावि जेनीसा न्यौपाने

प्रकाशित मिति २०८२ असार १९ गते बिहिबार १०:३२
प्रतिक्रिया दिनुहोस्