पोखराको दुई ठाउँबाट जुवातास खेलिरहेका १७ जना पक्राउ, ४ लाख १३ हजार ६५ रुपैयाँ बरामद

पोखराको दुई ठाउँबाट जुवातास खेलिरहेका १७ जना पक्राउ,  ४ लाख १३ हजार ६५ रुपैयाँ बरामद
२०८२ असार २३ गते सोमबार ०९:१९

पोखराको दुई ठाउँमा जुवातास खेलिरहेका १७ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेका बेला पोखरा–१० रक्षा मार्गबाट ९ जना र पोखरा–१५ घलेचोकबाट ८ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । पोखरा–१० रक्षा मार्गमा जुवातास...

पोखराको दुई ठाउँमा जुवातास खेलिरहेका १७ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेका बेला पोखरा–१० रक्षा मार्गबाट ९ जना र पोखरा–१५ घलेचोकबाट ८ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा–१० रक्षा मार्गमा जुवातास खेलिरहेका ९ जनाको साथबाट ४ बुक तास र २ लाख २२ हजार ८० रुपैयाँसमेत बरामद भएको प्रहरीको भनाई छ । रक्षा मार्गबाट पक्राउ पर्नेहरुमा पोखरा–१९ लामाचौरका ३८ वर्षिय ईन्द्रप्रसाद छन्त्याल, पोखरा–११ फुलबारीका ३९ वर्षिय हे नारायण गर्बुजा, पोखरा–१२ माटेपानीका ४१ वर्षिय लिलप्रसाद गुरुङ, पोखरा–२९ सैनीक बस्तीका ५१ वर्षिय टेकबहादुर गुरुङ, पोखरा–१६ का ३४ वर्षिया रेनु गर्बुजा, पोखरा–९ न्युरोडकी ३४ वर्षिया दीपा पुन, पोखरा–१५ नयाँगाँउकी जेनिषा पुन, पोखरा–१४ चाउथेकी ३७ वर्षिया पुष्पा पुन र पोखरा–१० रक्षामार्गका ३९ वर्षिय दलबहादुर पुन रहेको कास्की प्रहरीले जानकारी दिए ।

यसैगरी पोखरा–१५ घलेचोकबाट पक्राउ परेकाहरुको साथबाट ४ बुक ताससहित १ लाख ९० हजार ९ सय ८५ रुपैयाँ बरामद गरिएको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । सो ठाउँबाट पक्राउ पर्नेहरुमा पोखरा–१० का ३४ वर्षिय चन्द्रबहादुर पुन, पोखरा–१० रंगशाला निवासी ४४ वर्षिया कल्पना भन्ने टिकामाया आले, पोखरा–१० काजीपोखरीका ३७ वर्षिय बिष्णु थापा, पोखरा–१५ लक्ष्मीटोलकी ४२ वर्षिया सोनी गुरुङ, पोखरा–१५ घलेचोकका ४२ वर्षिय हिमाल गुरुङ पोखरा–१९ लामाचौरका ४५ वर्षिया केशकुमारी गुरुङ, पोखरा–१० काजीपोखरीका ५१ वर्षिय टोपबहादुर थापा र पोखरा–१५ मितेरी टोलका ६७ वर्षिय बलराम गुरुङ रहेका छन् ।

प्रकाशित मिति २०८२ असार २३ गते सोमबार ०९:१९
प्रतिक्रिया दिनुहोस्