पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो

पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो
२०८२ असार ३१ गते मङ्गलबार १०:४७

पोखरा असार ३१/ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार ९असार ३२० बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको...

पोखरा असार ३१/ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार ९असार ३२० बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७।५० रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५।५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति २०८२ असार ३१ गते मङ्गलबार १०:४७
प्रतिक्रिया दिनुहोस्