पोखरा साउन ३/भोलि बिहान सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने र वर्षा गराउने प्रणाली पनि नेपालतर्फ प्रवेश गरिरहेकोले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन ।
उहाँका अनुसार भोलि पूर्वी नेपाल हुँदै लुम्बिनी प्रदेशसम्म र पर्सी पश्चिम नेपालमा धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना समेत रहेको छ । बदली भने देशभर हुनेछ । तर यस पटक पनि मधेश प्रदेशमा भने ठूलो पानीको सम्भावना कम देखिएको मानन्धरले उल्लेख गरिन ।
प्रकाशित मिति २०८२ साउन ४ गते शनिवार ०९:०२