झन्डै तीन किलो गाँजासहित पोखराबाट युवा पक्राउ

झन्डै तीन किलो गाँजासहित पोखराबाट युवा पक्राउ
२०८२ साउन ९ गते बिहिबार १०:५३

गोरखाका एक युवा झन्डै तीन किलो अबैध लागू औषध गाँजासहित पोखरामा पक्राउ परेका छन्। गोरखा अजिरकोट गाउपालिका वडा नं ३ बस्ने २५ वर्षीय प्रकाश गुरुङ अबैध लागू औषध गाँजा दुई किलो नौसय ग्रामसहित पोखरामा पक्राउ परेका हुन्। ग ६ प १६३० नं....

गोरखाका एक युवा झन्डै तीन किलो अबैध लागू औषध गाँजासहित पोखरामा पक्राउ परेका छन्।

गोरखा अजिरकोट गाउपालिका वडा नं ३ बस्ने २५ वर्षीय प्रकाश गुरुङ अबैध लागू औषध गाँजा दुई किलो नौसय ग्रामसहित पोखरामा पक्राउ परेका हुन्। ग ६ प १६३० नं. को मोटरसाइकलमा पोखरा आउदै गरेका गुरुङलाई ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालस्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त परिमाणको अबैध लागू औषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

मोटरसाइकल र अबैध लागू औषध सहित पक्राउ परेका अभियुक्त गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा पांच दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ साउन ९ गते बिहिबार १०:५३
प्रतिक्रिया दिनुहोस्