पोखरा साउन ९/ पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले अहिलेपनि आफू एमालेमै आबद्द रहेको दाबी गरेकी छन् । एमालेको केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपती भण्डारीलाई एमालेमा नफर्काउने निर्णय गरेको थियो । त्योसँगै उनको पार्टी सदस्यतापनि खारेज गरिएको एमाले नेताहरुले बताउँदै आएका छन् । तर भण्डारीले भने आफू एमालेमै रहेको बताईन् ।
आफू विधि अनुसार नै पार्टी परिवारको सदस्यमा जोडिएको उनले तर्क गरिन् । उनले आफू ४५ वर्षदेखि एमाले रहेको र राष्ट्रपतीमा जाँदापनि पार्टीले दिएको जिम्मेवारी लिएर गएकाले पार्टी त्यागेको भन्न नमिल्ने जिकीर गरिन् ।
प्रकाशित मिति २०८२ साउन १० गते शुक्रबार ०४:५६