पोखराको सोपान ग्लोबल एजुकेशनमा जापान नेपाल फेलोसिप सेमिनार

पोखराको सोपान ग्लोबल एजुकेशनमा जापान नेपाल फेलोसिप सेमिनार
२०८२ साउन १३ गते सोमबार ०८:२५

सबिन रेग्मी / पोखरा साउन १२/ काठमाडौं लगायत विभिन्न जिल्लामा शाखाहरु रहेको पोखरा चिप्लेढुंगास्थित सोपान ग्लोबल एजुकेशनमा सोमबार जापान नेपाल फेलोसिप कार्यक्रम गरिएको छ ।सोपानमा जापानीज भाषाको अध्ययन गरिरहेका विद्यार्थीहरुका...

सबिन रेग्मी / पोखरा साउन १२/ काठमाडौं लगायत विभिन्न जिल्लामा शाखाहरु रहेको पोखरा चिप्लेढुंगास्थित सोपान ग्लोबल एजुकेशनमा सोमबार जापान नेपाल फेलोसिप कार्यक्रम गरिएको छ ।सोपानमा जापानीज भाषाको अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि कमाउँदै सिक्दैको अवसर जुराउन पोखरामा पहिलो पटक नयाँ योजना सोपानमा सुरु गरिएको आयोजित सेमिनारमा जानकारी दिईयो ।

कार्यक्रममा सोपान ग्लोबल एजुकेशनका प्रमुख, सेमिनारका संयोजक सूर्यमोहन आचार्यले जापानमा अध्ययनका लागि जानु पहिले भाषाको ज्ञान अनिवार्य भएकोले भाषाका कक्षाहरु संचालन भईरहेको बताए ।आचार्यले भने, ‘अब भाषाको सिकाईले मात्र नपुग्ने महशुस हामीले गर्यौं । समय एआईको आईसकेको छ । सामान्यतः यसको पनि जानकारी हाँसिल गर्नु अआवश्यक भईसकेको छ । अर्को कुरा जमाना प्रविधिको हो । सबै काम प्रविधिमैत्री हुन थालेका छन् । विभिन्न प्लेटमर्फ बनेका छन् । अब ति प्लेटफर्महरुको हातहातबाटै उपयोग गर्दै, सिक्दै र कमाउदै जानुपर्छ ।

हामीले विद्यार्थीलाई जापानीज भाषा सिक्दै गर्दा दिनमा थोरै समय आफु अध्ययन गर्न जाने देशको संस्कार, संस्कृति, भाषा, चालचलन र परम्पराहरुको पनि ज्ञान आर्जन गर्नुपर्छ भनिरहेका छौं यसलाई मनन् गर्नुहोला। यसका लागि टिकटक, फेसबुक, इन्स्टाग्रामबाट लगायतका डिजिटल प्लेटफर्ममा यि कुराहरुको प्रवर्धन र आदानप्रदान गर्न सकिन्छ ।

पोखराका लागि जापान नेपाल फेलोसिप कार्यक्रमका संयोजक शुसान्त पौडेलले यस प्रकारको फेलोसिपको कार्यक्रमको सोच जापानीज शिक्षक हिरोसी ओकिताले ल्याएको बताए । काठमाडौंपछि पोखरामा पहिलो पटक सोपान एजुकेशनले ल्याएकोले विद्यार्थीले भाषा, संस्कार, संस्कृति, परम्परा र प्रवर्धनका विभिन्न कुराहरुमा जोडिएर टिकटक, फेसबुक र इन्स्टाग्राम लगायतको माध्यमले अर्थ आर्जनको बाटो बनाउन सक्ने बताए ।सेमिनारमा सोपानमा जापानीज भाषा सिकिरहेका ३ दर्जन बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ साउन १३ गते सोमबार ०८:२५
प्रतिक्रिया दिनुहोस्