एक्साभेटरको बकेटले हिर्काएर वडाध्यक्षको ह’त्या

एक्साभेटरको बकेटले हिर्काएर वडाध्यक्षको ह’त्या
२०७८ असार १२ गते शनिवार ११:२६

एक्साभेटरको बकेटले हि’र्काएर वडाध्यक्षको ह’त्या भएको छ। इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। शुक्रबार इश्वरपुर नगरपालिका...

एक्साभेटरको बकेटले हि’र्काएर वडाध्यक्षको ह’त्या भएको छ। इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शुक्रबार इश्वरपुर नगरपालिका वडा नम्बर-३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला वडाध्यक्ष श्रेष्ठको ह’त्या भएको इश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले जानकारी दिए।

तथापि पोखरीको विषयमा विवाद नभएर आपसी विवाद नै हत्याको कारण रहेको नगरप्रमुख देवकोटाले बताउनुभयो। पोखरी सौन्दर्यीकरणको कार्य नगरपालिकाकै बजेटबाट भइरहेको थियो।

सोही पोखरीको सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ ठेक्केदार प्रेमराज दाहालसँगै पुगेका थिए। पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेको र त्यहीँ भनाभनबाट विवाद समेत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

खाजा खाँदासम्म पनि भनाभन जारी नै रहेपछि वडाध्यक्षले चालक तामाङलाई चप्पलले हि’र्काएपछि रिसमा जेसिबीको बकेटले प्र’हार गरेर वडाध्यक्ष श्रेष्ठको ह’त्या गरेको कुँवरले जानाकारी दिनुभएको छ ।

ह’त्यापछि उनको शव’लाई ठेकेदार र चालक मिलेर गाडेको र श’व रातभरि खोजेपछि मात्रै शनिबार बिहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।

प्रहरीले पोखरी सौन्दर्यीकरण कार्यका इश्वरपुर-३ कै दाहाल र जेसिबी चालक तामाङलाई पक्राउ गरिएको छ । वडाध्यक्ष श्रेष्ठको शवको पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७८ असार १२ गते शनिवार ११:२६
प्रतिक्रिया दिनुहोस्