पोखरामा भएको शुक्ला साहित्य प्रतिष्ठानको राष्ट्रिय कृष्ण भजन प्रतियोगितामा बडहरवोट भजन समुह प्रथम

पोखरामा भएको शुक्ला साहित्य प्रतिष्ठानको राष्ट्रिय कृष्ण भजन प्रतियोगितामा बडहरवोट भजन समुह प्रथम
२०८२ भदौ १ गते आईतबार ०६:१७

पोखरा । पोखराको बाटुलेचौरमा भएको श्री कृष्ण राष्ट्रिय भजन प्रतियोगितामा बाटुलेचौरको बडहरवोट भजन समुह प्रथम भई नगद १ लाख र प्रमाणपत्र प्राप्त गरेको छ। शुक्ला साहित्य प्रतिष्ठानले श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको...

पोखरा । पोखराको बाटुलेचौरमा भएको श्री कृष्ण राष्ट्रिय भजन प्रतियोगितामा बाटुलेचौरको बडहरवोट भजन समुह प्रथम भई नगद १ लाख र प्रमाणपत्र प्राप्त गरेको छ।

शुक्ला साहित्य प्रतिष्ठानले श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको २६ संस्करणको प्रतियोगिता प्रतियोगितामा द्वितीय तनहुँ शुक्ला गण्डकीको महेश्वर खनाल भजन समुह, तृतीय हेम्जाको मातृकेश्वर भजन समुह र भद्रकाली खैंजडी भजन समुह र धर्मस्थली भजन समुहलले सान्त्वना स्थान प्राप्त गरेको छ । 

उनीहरूले नगद ७५ हजार र प्रमाणपत्र,५० हजार र प्रमाणपत्र, र २५ हजार र प्रमाणपत्र प्रदान गरिएको प्रचार प्रसार संयोजक सञ्जय थापाले जानकारी दिए। प्रतियोगितामा तनहुँ, स्याङ्जा, धादिङ लगायतका विभिन्न जिल्लाबाट १६ टोलीले सहभागिता जनाएका थिए। सहभागी टिमलाई प्रोत्साहन स्वरुप जनही नगद ५ हजार र सहभागीताको प्रमाणपत्र प्रदान गरिएको छ ।

सहभागी भजन टोलीको प्रस्तुती मुल्यांकन भने लोकदोहोरी कलाकारले गरेका थिए। लोकदोहोरी गायक जीवन दाहाल, तारापति सुवेदी, सरला लामिछाने’सरू’ र प्रेमराज अधिकारीले मुल्यांकन गरेका हुन्।नतिजाको घोषणा लोकदोहोरी गायक जीवन दाहालले गरेका थिए।

 

 

प्रकाशित मिति २०८२ भदौ १ गते आईतबार ०६:१७
प्रतिक्रिया दिनुहोस्