पोखरा भदौ १/ सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि गाडी चल्न सकेका छैनन ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र...
पोखरा भदौ १/ सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि गाडी चल्न सकेका छैनन ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईवटा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोमा ढुङ्गासमेत खसेकाले पन्छाउन केही समय लाग्ने भए पनि छिट्टै सडक खुलाउने प्रयास भइरहेको खनालले बताए ।