बिद्यार्थी नेताको महन्थलाई खुल्ला पत्र

no-image
२०७८ बैशाख २४ गते शुक्रबार ०८:२५

महामहिम बन्ने कि मगन्त बन्ने तपाई कै हातमा छ। आदरणीय अध्यक्ष ज्यु, हुनत हामी जस्ता प्युसा विद्यार्थी र सामान्य नागरिक तपाईं का लागि भुसुना सो सरह लाग्ला तरपनी यो समय प्रतिगामी ओलिलाइ काध थाप्ने बेला होइन जस्तो मलाइ लाग्छ। मधेस...

महामहिम बन्ने कि मगन्त बन्ने तपाई कै हातमा छ।
आदरणीय अध्यक्ष ज्यु,
हुनत हामी जस्ता प्युसा विद्यार्थी र सामान्य नागरिक तपाईं का लागि भुसुना सो सरह लाग्ला तरपनी यो समय प्रतिगामी ओलिलाइ काध थाप्ने बेला होइन जस्तो मलाइ लाग्छ।
मधेस ले हिजो राणा काल भन्दा अगाडि बाट नै विभेद भोग्दै आयो काठमाडौं मा मधेसी नागरिक लाई शिव रात्री मा मात्रै काठमाडौं प्रवेश दिने शिव रात्री को दिन ३ दिनभित्र काठमाडौं छोड्न लगाइन्थ्यो राणा हरुले मधेस मात्रै नभयर सिङो नेपालकै नागरिक प्रती दमन त गरेकै थिय तर त्यो भन्दा बडि मधेसि नागरिक माथी बडि दमन गरिन्थ्यो,पछि राणा बिरोधी आन्दोलन को सुरुवात मधेस ले गरेकै हो राणा बिरोधि बिद्रोह को बिगुल २००३ मा बिराटनगर बाट मजदुर आन्दोलन ले सुरु गरेको त्यो आन्दोलन २००७ मा बिरगंज मा गोस्वरा कब्जा गर्दै वडा हाकिमलाई समेत बन्दी बनायको थियो।पछि २०१० मा बेदानन्द झा ले तराई कांग्रेस पार्टी स्थापना गरेका थिय तर २०१७ मा राजा महेन्द्र ले कु गर्दा सोही पार्टी का महामन्त्री रामजनम तिवारी कांग्रेस तिर लागे र बेदानन्द झा पन्चायत तिर लागे र मधेस आन्दोलन त्यति बेलै बिभाजन भयो त्यसपछि विभिन्न राजनीति दलका नेता कार्यक्रता हुने,मधेस भित्रैकै जमिनदार हाबी हुने मधेसी नागरिक प्रती मधेसी जमिनदार बाट नै दबाउने कार्य भयो त मधेसी को अधिकार का लागि कुनै ठोस आन्दोलन उठाउने नेतृत्व जन्मेन,र पछि २०४४ तिर गजेन्द्र नारायण शिह ले हिम्मत का साथ सद्भावना पार्टी बनायर मधेस को नेतृत्व लिने अठोट गरे र मधेसि नागरिक को अधिकार स्थापित हुनपर्छ भन्नेमा निरन्तरता दिय तर २०६४ सम्म आइपुग्दा त्यो पनि छिन्नभिन्न हुनपुग्यो,२०६३ कै अन्तरिम संविधान मधेसी जनअधिकार फोरम ले माइतीघर मा जलायर संघीयता,समाबेसिता को पक्षमा अडिग भयर लाग्दा कतिपय नेतालाई राज्य ले गिरफ्तार गर्यो मधेस मा गोलि चल्यो मधेसी नागरिक ले ज्यान गुमाउनु पर्यो तत्कालीन आन्दोलन १९ दिन सम्म चल्दै गर्दा ५४ जना मधेसी नागरिक को राज्य पक्ष बाट हत्या भयो अधिकार प्राप्ती का लागि गरियको त्यो आन्दोलन मा सहादत प्राप्त गर्ने सहित सदा अबिस्मरणिय छन हो त्यसकै उपलब्धि हो संघीयता समाबेसिता, त्यतिबेला तत्कालीन नेपाली कांग्रेस को महामन्त्री हुदा मधेस आन्दोलन पानीको फोका हो भन्नू भको टिभी मा मैले नै हेरेको हु।पछि २०६४ पछि तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै मधेस आन्दोलन मा सहभागी जनाउनु भो।त्यो आट का लागि हामी जस्ता थुप्रै युवा ले स्वागत गरेकै हौ त्यो बाटो राम्रो थियो हामिले पनि स्वीकार गर्न लायक थियो,त्यसपछि संविधान मा मधेसी नागरिक लगायत का माग सम्बोधन गर्न २०७२ साउन २५ मा टिकापुर मा गरियको सम्बोधन बाट २०७२ साउन ३१ बाट थरुहट आन्दोलन सुरु भयो भने यता सप्तरीको आन्दोलन मा राज्यपक्षबाट राजिब राउत लाई गोलि हानी हत्या गरियको थियो,टिकापुर आन्दोलन का क्रममा राज्यद्वारा गरियको दमन सम्झदा अहिले पनि आङ सिरिङ्ग हुन्छ,त्यही दमन खप्न नसकी आन्दोलनकरि बाट ६ जना प्रहरी ले समेत ज्यान गुमाउनु पर्यो कतिपय आन्दोलन कारि हरु अहिले पनि बेपत्ता छ्न रेसम चौधरीलाई अहिले पनि राज्यले न्याय दिइयको छैन।भने हामिले यति सहजै मधेस आन्दोलनका सहिद का सपना बिर्सिएर प्रतिगमनकारी मधेस बिरोधि लाई कसरी काध थाप्ने आट गर्दै हुनुहुन्छ?के तपाइहरु मधेसी नागरिक का अधिकार कुल्चने को लागि सधै सत्ता को भर्र्याङ् बनिदिनु हुन्छ,सायद मलाइ मात्रै होइन तपाइहरु लाई पनि थाहा होला खड्ग ओलि संघीयता बिरोधि हर्कत तथा खुला रुपमा संघीयता को बिपक्षी बनेर सार्बजनिक टेलिभिजन मा बोलेको को सुन्नुभयकै होला समाबेसिता को त कुरै सुन्न नचाहने मधेस को नाम त स्वार्थ का लागि मात्रै प्रयोग गर्ने संग कसरी घाटी जोड्न तयार हुनुहुन्छ अचम्म पनि लाग्छ सायद तपाईं हरुलाइ जानकारी नै होला मधेस आन्दोलन का बेला प्रम समेत रहेका ओलिकै पालमा ड्याम ड्याम गोलि ठोग्न आदेस दिइयको थियो त्यति बेला खड्ग ओलिले मधेस मा मान्छे मर्दै गर्दा भन्दापनी मारिदै गर्दा १,२ वटा आँप झर्दैमा आपको रुख रित्तिदैन भन्दै ब्याङ्य गर्दै मधेस आन्दोलन को खिल्ली उडाउने ओलि नै थिय,मधेसी नागरिक लाई बिदेशी नागरिक भन्दै सार्बजनिक रुपमै बोल्ने ओलि मधेसि नागरिक लाई हेपाहा प्रवृत्ति ले बोल्नेपनि ओलि नै हुन संविधान सङ्सोधन को कुरो प्रती कहिल्यै गम्भीर नहुने ओलि नै हुन,त्यही संविधान सङ्सोधन गर्ने भनेर आफू सत्ता मा जान बारम्बार प्रयोग गर्ने सत्ता प्राप्त भयपछी चुपचाप बस्ने ओलिको प्रवृत्ति त देख्दै भोग्दै आयकै होत।धेरै टाढा नजाउ प्रचण्ड सग पार्टी एकता गरेर आलोपालो प्रम चलाउने सहमति गरेर पार्टी एकता गरेका ओलिले प्रचण्ड लाई समेत दबायर राखे,लिखित सहमति लाइ समेत लत्याउदै फेरि पार्टी नै फुटाय आफ्नो हठ आडम्बरी र मुर्खपना त्यागेनन नेत्र बिक्रम चन्द लाई तीन बुदे सहमति गरेर अल्झाइराकेका छन नेत्र बिक्रम चन्द का समेत कतिपय कार्यक्रता अहिले पनि थुनामै छन ओलिले टेर पुच्छर लायका छैनन,हुदा हुँदा सम्सद बिगठन समेत गरे तत्कालीन समयमा हामिले गरेको प्रतिगमन कारी ओलि विरुद्ध को आन्दोलन सहजै भुल्नु हुन्न ।हाम्रो पार्टी जसपा बन्दै गर्दा रातारात पार्टी फुटाउन अध्यादेश ल्यायर जसपा नबन्दै घाँटी थिच्न खोजेकै हुन पार्टी फुटाउने उधेस्य ले साम्सद अपहरण पनि गरेकै हुन,भने अहिले ओलिको जालोमा फस्नु भनेको पिजडा भित्र को सुगा जस्तै हुनु हो।त्यसैले अहिले को बेला प्रतिगमनकारी ओलि लाई फेरि साथ दिनु बहुमत पार्टी निर्णयको विरुद्ध मा जानू इतिहासकै सबैभन्दा ठूलो भुल हुनेछ,जसरी ओलिको आश्वासन कै कारण कुनै पनि उपलब्धि हात नपारेका हरुको जस्तो हालत तपाइको पनि हुनसक्छ ओलि सङ मागेर सति जाने मगन्त बन्ने कि प्रतिगमनकारी लाई फालेर अग्रगमन को पक्षपाती सहित मधेसका मुद्दा प्रती अडिग रहेर महामहिम बन्ने तपाइँको हातमा छ।(लेेेखक -समाजवादी बिद्यार्थी युनियनका के.सदस्य हुुुन)

प्रकाशित मिति २०७८ बैशाख २४ गते शुक्रबार ०८:२५
प्रतिक्रिया दिनुहोस्