पुतलीबजारमा नगर स्तरिय तिज गित प्रतियोगिता सम्पन्न, एकता महिला समूह कोल्मा प्रथम

पुतलीबजारमा नगर स्तरिय तिज गित प्रतियोगिता सम्पन्न, एकता महिला समूह कोल्मा प्रथम
२०८२ भदौ १ गते आईतबार ०९:२१

स्याङ्जा भदौ १/ पुतलीबजार नगरपालिकाको आयोजनामा नगर स्तरीय तिज गित प्रतियोगिता सम्पन्न भएको छ । स्याङ्जा सदरमुकाम स्थित सिटि हलमा सम्पन्न सो प्रतियोगितामा पुतलीबजार ९ को एकता महिला समूह प्रथम भएको छ । त्यस्तै पुतलीबजार १० को सुम्रेखोला...

स्याङ्जा भदौ १/ पुतलीबजार नगरपालिकाको आयोजनामा नगर स्तरीय तिज गित प्रतियोगिता सम्पन्न भएको छ । स्याङ्जा सदरमुकाम स्थित सिटि हलमा सम्पन्न सो प्रतियोगितामा पुतलीबजार ९ को एकता महिला समूह प्रथम भएको छ । त्यस्तै पुतलीबजार १० को सुम्रेखोला आमा समूह द्दितिय, पुतलीबजार ३ को भैरब कालिका आमा समुह तृतिय र पुतलीबजार १ को माइ स्थान आमा समूह सान्त्वना भएका छन ।

प्रतियोगितामा नगर भित्रका १६ टिम सहभागी थिए । विजयी आमा समुहहरुलाइ बधाई, शुभकामना सहित प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको हराउदै गएको मौलिकताको सरक्षण गर्ने उद्देश्यका साथ नगरले यो प्रतियोगिता गरेको बताए । उनले तिजका नाममा पछिल्लो समय बढ्दै आएको तडकभडक र प्रतिस्पर्धालाई रोक्नुपर्नेमा जोड दिए ।

देखासिकी रोक्दै मौलिक हिसाबले नै चाडपर्व मनाउनुपर्ने उनको भनाइ थियो । हामी नेपालीहरुको पहिचान कला, सस्कृती र चाडपर्व रहेको दाबी गर्दै नगर प्रमुख रेग्मीले यिनिहरुको सरक्षण र प्रवर्द्धनमा यो पुस्ता नै गम्भीर हुनुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याल, नगर विज्ञ समितिका सयोजक भरत प्रसाद लम्साल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नगर प्रवक्ता मनोज पौडेल, नगर कार्यपालिका सदस्य सन्चिता नेपाल अर्याल, नेपाली काङ्ग्रेस नगर सभापति सुरज कुमार अधिकारी, नगर महिला संजालकि अध्यक्ष सीता गोदार, एकल महिला सन्जालकी अध्यक्ष लक्ष्मी पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । नगर उपप्रमुख देवि अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर कार्यपालिका सदस्य अनिता रुचालले स्वागत एवम् संचालन शिक्षा शाखाकी शोभा बस्यालले गरेकी थिइन ।

प्रकाशित मिति २०८२ भदौ १ गते आईतबार ०९:२१
प्रतिक्रिया दिनुहोस्