पवन मरासिनी, स्याङ्जा,भदौ ५/ त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाको स्वतन्त्र विद्यार्थी युनियनले बिहिबार हरितालिका तिजको शुभकामना आदानप्रदान एवम् दर खाने कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पुतलीबजार नगर उपप्रमुख देवि अर्यालले तिज पर्वले सबैमा हार्दिकता र आत्मियता वृद्धि हुने विश्वास व्यक्त गरिन । उनले नेपाली नारिहरुको पहिचान बोकेको मौलिक पर्व हरितालिका तिजको शुभकामना व्यक्त गर्दै मौलिकता जोगाइराख्न सबै लाग्नुपर्ने बताइन । सस्कृती सरक्षण र प्रवर्द्धन गर्दै नया पुस्तामा मौलिकतासंगैको तिज हामिले हस्तान्तरण गर्नुपर्ने बताइन ।
सो कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जाका प्रवक्ता भरत प्रसाद लम्साल, नेपाली काङ्ग्रेसकि महाधिवेशन प्रतिनिधि बन्दना लम्साल, नेपाली काङ्ग्रेस पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारी, क्याम्पस व्यवस्थापन समिती सदस्य हिरा देवि शर्मा, पुर्व स्ववियु सभापती एवम् नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य सुनिल बाबू चापागाईं, ने वि संघ जिल्ला सभापति गौरव प्रधान, जिल्ला उपसभापति एवम् नि वर्तमान स्ववियु सभापती सबिन रेग्मी, क्याम्पस प्रमुख अर्जुन बन्धु अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्ववियु सभापती देवदत्त सुवेदी गोपिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापती प्रसन्न पाण्डेले स्वागत एवम् संचालन सचिव अशिम भण्डारीले गरेका थिए । सो कार्यक्रममा भजन गायक शिव शर्मा र गायक राजन सुवेदीले साङ्गितिक प्रस्तुति राखेका थिए भने कार्यक्रममा करिब २ सय जनाको सहभागिता रहेको थियो ।










