मुक्तिनाथ फाउन्डेसनद्वारा बुवा औशिमा वृद्ध बुवा आमालाई खाद्यान्न प्रदान

मुक्तिनाथ फाउन्डेसनद्वारा बुवा औशिमा वृद्ध बुवा आमालाई खाद्यान्न प्रदान
२०८२ भदौ ८ गते आईतबार ०९:५१

स्याङ्जा भदौ ८/ कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा मुक्तिनाथ फाउण्डेशनले वृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरेको छ । फाउण्डेशनले स्याङ्जाको रामनदी धामस्थित शिव पार्वती वृद्धाश्रममा बसोबास गर्ने २५ वृद्धवृद्धाहरुलाई...

स्याङ्जा भदौ ८/ कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा मुक्तिनाथ फाउण्डेशनले वृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरेको छ । फाउण्डेशनले स्याङ्जाको रामनदी धामस्थित शिव पार्वती वृद्धाश्रममा बसोबास गर्ने २५ वृद्धवृद्धाहरुलाई करिब ५० हजार रुपियाँ बराबरको खाद्यान्न वितरण गरेको हो ।

खाद्यान्न वितरण गर्दै वृद्धवृद्धाहरुको सेवामा संस्थाले स्थापना कालदेखि सेवा गर्दै आएको बताए । समाजमा विभिन्न कारणले जीवनयापन गर्न समस्या भोग्दै आएका वर्गलाई फाउण्डेशनले सहयोग गर्दै आएको उनले बताए ।

वृद्धाश्रममा बसोबास गर्ने बेसहारा र विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई संस्थाले सहयोग गर्दै आएको संस्थापक लम्सालले बताए । बैंकको सहयोग र फाउण्डेशनको समन्वयमा देशका विभिन्न भागमा सामाजिक काम गर्दै आएको उनको भनाइ थियो ।

सो अवसरमा मुक्तिनाथ विकास बैंकका क्षेत्रिय कार्यालय पोखराका प्रमुख रसिक भण्डारी, अर्जुन सुबेदी, मुक्तिनाथ विकास बैंक स्याङ्जाका व्यापार विकास कार्यक्रम अधिकृत सन्तोष ढकाल र वालिङ शाखाका प्रमुख नविन काफ्ले लगाएतले आआफ्ना धारणा राखेका थिए ।

काठमाडौंमा केन्द्रिय कार्यालय रहेको फाउण्डेशनको सक्रियतामा राम्दीधाम स्थित शिब वृद्दाश्रममा बसोबास गर्दै आएका वृद्धहरुलाई संस्थाबाट निरन्तर सहयोग पु¥याउने संयोजक देवी प्रसाद अर्यालले जानकारी दिए । सो आश्रम गल्याङ् नगरपालिका–१, स्याङ्जा र पाल्पाको संगमस्थल रामनदी धाम नदी किनारमा दुई दशक अघिदेखि संचालनमा छ ।

प्रकाशित मिति २०८२ भदौ ८ गते आईतबार ०९:५१
प्रतिक्रिया दिनुहोस्