पोखरा भदौ ९/ पुष्प(चन्द्र ट्रष्टले संस्थापक चन्द्र लक्ष्मी श्रेष्ठको दोश्रो स्मृति दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ । ट्रष्टले आइतबार कालीगण्डकी गाँउपालिका ४ स्थित दुर्गा आधारभूत विद्यालय मड्किनामा अध्ययनरत दलित तथा जेहेन्दार ४३ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, विद्यालयलाई शिक्षण सामाग्री र खेलकुदका लागि इन्डोर आउटडोर सामाग्री वितरण गरेको हो ।
कार्यक्रमका अवसरमा बोल्दै ट्रष्टका अध्यक्ष महेन्द्र मान व्यथितले ट्रष्टको शैक्षिक एवं सामाजिक गतिविधिको चर्चा गर्दै ट्रष्टका संस्थापक स्व। चन्द्र लक्ष्मी श्रेष्ठको स्मरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रधानाध्यापक हुमकला बि क ले गरेका थिए । कार्यक्रममा राजनीतिक दलका नेता एवं सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
पुष्प(चन्द्र ट्रष्टको आयोजनामा भएको यो कार्यक्रम नियमित “विद्यार्थी उत्प्रेरणा एवं शैक्षिक सामाग्री सहयोग कार्यक्रम स्टुडेन्ट सपोर्ट कार्यक्रमा एस एस पि २०८२”अन्तर्गतको चौथो कार्यक्रम हो । ट्रष्टको शैक्षिक कार्यक्रमको मूल ध्येय खुशी विद्यार्थी, श्रृजनात्मक विद्यार्थी ” र मुल नारा “वर्ष २०८२( नानीबाबुको मुहारमा खुशी” भन्ने रहेको छ । यस बर्ष ट्रष्टले ५ सय विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिसकेको छ ।










