पवन मरासिनी, स्याङ्जा भदौ १५/ स्याङ्जा सदरमुकाममा रहेको लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयले १८ औ राष्ट्रिय पुस्तकालय मनाएको छ । पुस्तकालयले आइतबार रेडियो चोक स्याङ्जामा हाम्रो पुस्तकालय, हाम्रो भविष्य भन्ने मुल नाराका साथ दीप प्रज्वलन गरेर पुस्तकालय मनाएको हो ।
कार्यक्रममा दीप प्रज्वलन गर्दै पुस्तकालयका अध्यक्ष ध्रुव बन्धु पौडेलले शैक्षिक जमात उत्पादन गर्ने पुस्तकालयको आज पनि उत्तिकै महत्व र सान्दर्भिकता रहेको बताए । उनले समयानुकुल पुस्तकालयलाई परिचालन र संचालन गर्न सके पुस्तकालयको औचित्य पुष्टि हुने बताए । कार्यक्रममा पुस्तकालयका सल्लाहकार ओमप्रकाश शर्माले पुस्तकालयको महत्व र उपयोगिताबारे आफ्नो धारणा राखेका थिए ।
पुस्तकालयका अध्यक्ष ध्रुव बन्धु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष चन्द्रमणी पौडेलले स्वागत एवम कार्यक्रम सन्चालन सचिव बलराम दोरङ्गाले गरेका थिए । पुस्तकालयले १८ औ राष्ट्रिय पुस्तकालय दिवसको पुर्व सन्ध्या पारेर गत शुक्रबार पुतलीबजार क्विज सम्पन्न गरेको थियो ।
सो पुतलीबजार क्विजको उद्घाटन पुतलीबजार नगर प्रमुख तुलसी राम रेग्मीले गरेका थिए ।आधारभुत तह स्तरीय स्थानिय तहमा आधारित नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता पुतलीबजार क्विजमा भु पु सैनिक आवसिय मा वि प्रथम भएको थियो ।२५ विद्यालय सहभागी सो प्रतियोगितामा रोशनी आवसिय मा वि द्दितिय, हिमालय मा वि टक्सार तृतिय र शितला मा वि सान्त्वना भएका थिए ।
पी।










