गैसस महासंघ गण्डकी प्रदेश सदस्यमा स्याङ्जाका शर्मा

गैसस महासंघ गण्डकी प्रदेश सदस्यमा स्याङ्जाका शर्मा
२०८२ भदौ १७ गते मङ्गलबार ०९:४६

पवन मरासिनी,स्याङ्जा भदौ १७/ गैर सरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेश सदस्यमा स्याङ्जाका गोविन्द प्रसाद शर्मा र कमला पराजुली निर्वाचित भएका छन । कास्कीको पोखरामा सम्पन्न अधिवेशनबाट स्याङ्जाका शर्मा र पराजुली प्रदेश कार्यसमिति...

पवन मरासिनी,स्याङ्जा भदौ १७/ गैर सरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेश सदस्यमा स्याङ्जाका गोविन्द प्रसाद शर्मा र कमला पराजुली निर्वाचित भएका छन । कास्कीको पोखरामा सम्पन्न अधिवेशनबाट स्याङ्जाका शर्मा र पराजुली प्रदेश कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन । शर्मा गैर सरकारी संस्था महासंघ स्याङ्जाका नि वर्तमान अध्यक्ष हुन भने पराजुली स्याङ्जाको फेदिखोला १ मा रहेको अमोर सेवा बाल गृहकी संचालक हुन ।

अधिवेशनले महासंघ गण्डकीमा पदम राज पहारी नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको हो । प्रदेश कार्यसमितिको उपाध्यक्षमा बद्रीनाथ नेपाल, सचिव नारायण प्रसाद पौडेल, कोषाध्यक्ष अमृता थापा, उपसचिव रमेश प्रसाद रिजाल चयन भएका छन । त्यस्तै समितीको सदस्यहरूमा शर्मा र पराजुली सहित तारादेवी खण्डुलुक मगर, सिताराम श्रेष्ठ, डा बुद्धि बहादुर थापा चयन भएका हुन । त्यस्तै प्रदेश कार्यसमिति सदस्य पदमा एकजना भने मनोनित गरिएको बताइएको छ ।

गैर सरकारी संस्था महासंघ स्याङ्जाले पनि हालसालै नयाँ नेतृत्व पाएको छ । शनिबार पुतलीबजार ३ गुणिखोला स्थित सहयात्री पार्टी प्यालेसमा सम्पन्न ८ औ जिल्ला अधिवेशनले एक नारायण सापकोटाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितीको उपाध्यक्षमा युवराज पराजुली, सचिव मीन बहादुर थापा, कोषाध्यक्ष देवी बस्याल, उपसचिव शिव पोखरेल चयन भएका छ्न । त्यस्तै समितिको सदस्यहरुमा सुनिता पौडेल गौतम, पवन मरासिनी, शान्ता नेपाली निर्विरोध निर्वाचित भएका हुन ।

प्रकाशित मिति २०८२ भदौ १७ गते मङ्गलबार ०९:४६
प्रतिक्रिया दिनुहोस्