चक्रकमलाको अध्यक्षमा पौडेल

चक्रकमलाको अध्यक्षमा पौडेल
२०८२ भदौ २२ गते आईतबार १०:३५

स्याङ्जा भदौ २२/ स्याङ्जाको पुतलीबजार नगरपालिका १० मा रहेको चक्रकमला आधारभुत विद्यालयको अध्यक्षमा कृष्ण प्रसाद पौडेल चयन भएका छन । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा फगेन्द्र थापा, कोपिला शाह, नितु राना, अजित बहादुर थापा,...

स्याङ्जा भदौ २२/ स्याङ्जाको पुतलीबजार नगरपालिका १० मा रहेको चक्रकमला आधारभुत विद्यालयको अध्यक्षमा कृष्ण प्रसाद पौडेल चयन भएका छन । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा फगेन्द्र थापा, कोपिला शाह, नितु राना, अजित बहादुर थापा, अस्मिता श्रेष्ठ, राम बहादुर थापा, शिक्षक प्रतिनिधि रुद्रबन्धु कोइराला र सदस्य सचिवमा प्रधानाध्यापक शिव प्रसाद पौडेल चयन भएका छन ।

शुक्रबार सम्पन्न एक भेलाका बिच निर्मलकुमार श्रेष्ठ, शितलजंग के सि र भिमसेन पौडेल सदस्य रहेको नयाँ कार्यसमिति गठन समितिले अध्यक्ष पौडेल सहितको विद्यालय व्यवस्थापन समिति चयन गरेको हो । यस्तै होम बहादुर गुरुङ संयोजकत्वको शिक्षक अभिभावक संघ पनि गठन गरेको छ ।

सो भेलाको उद्घाटन पुतलीबजार नगरपालिका १० का वडा अध्यक्ष अग्नि प्रसाद पौडेलले गरेका थिए । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष दुर्ग बहादुर शाह, पुर्व वडा सदस्य एवम् युवा राजनीतिज्ञ सुरज कुमार अधिकारी, सिद्धबाबा यातायात प्रा लि का महासचिव शितलजंग के सि, पुर्व प्रधानाध्यापक कृष्ण प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य निर्मल कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव प्रासद पौडेलले व्यवस्थापन समिती गठनको औचित्यमाथी प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन शिक्षक सुमित्रा तिमिल्सिना गौतमले गरेकी थिइन ।

प्रकाशित मिति २०८२ भदौ २२ गते आईतबार १०:३५
प्रतिक्रिया दिनुहोस्