पोखरामा प्रहरीले हानेको गोली लागेर एक जना घाइते भएका छन्। जेनजी सम्बद्ध युवाहरुले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गर्न थाले पछि प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका हुन्। उनको पहिचान खुली सकेको छैन। गोली लगेर घाइते भएको भनिएका युवालाई प्रहरीले नै उपचारका लागि अस्पताल लागेको बताइएको छ।
प्रहरीले हानेको गोली लागेर एक जना प्रदर्शनकारी घाइते भए पछि आक्रोशित जेनजीका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन्।
यसैबीच जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
प्रकाशित मिति २०८२ भदौ २३ गते सोमबार ०६:३६