तोडफोड र आगजनीमा संलग्न कास्कीका दुई वडा सभापतीमाथि रास्वपाले गर्यो कारवाही

तोडफोड र आगजनीमा संलग्न कास्कीका दुई वडा सभापतीमाथि रास्वपाले गर्यो कारवाही
२०८२ भदौ ३० गते सोमबार १०:४२

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न कास्कीका दुई वडा सभापतीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारवाही गरेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएपछि रास्वपा गण्डकी प्रदेशले कास्कीको...

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न कास्कीका दुई वडा सभापतीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारवाही गरेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएपछि रास्वपा गण्डकी प्रदेशले कास्कीको पोखरा र मादीका एक/एक वडा सभापतीलाई निलम्वन गरेको हो ।

रास्वपा पोखरा महानगर–१० का सभापती चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेल जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न भएका थिए । रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले गरेको छानविनमा यी दुई सभापती संलग्न भएको पुष्टि भएपछि निलम्वन गर्ने निर्णय भएको आयोगका गण्डकी प्रदेश प्रमुख योगेन्द्र केसीले जानकारी दिए । कारवाही सम्बन्धी सोमबार जारी रास्वपा गण्डकी प्रदेशको विज्ञप्तीमा भनिएको छ,‘थापा र पौडेल विभिन्न अवाञ्छित क्रियाकलापमा संलग्न भएको सामाजिक सञ्जालमार्फत देखिएकाले उनीहरूलाई जिम्मेवारीबाट निलम्बन गरिएको छ ।’ आयोग प्रमुख केसीले पार्टीको आचारसंहिता विपरित तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएकाले कारवाही गरिएको र अर्को निर्णय नभईञ्जेल यो लागु हुने उनले बताए ।

प्रकाशित मिति २०८२ भदौ ३० गते सोमबार १०:४२
प्रतिक्रिया दिनुहोस्