जिल्ला प्रशासन कार्यालय कास्कीले आफ्नो दैनिक प्रशासनिक कार्यहरु शुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा तोडफोड तथा आगजनी भएको थियो । सो आगजनीका कारण प्रशासनिक भवन जलेर क्षेती पुगेको छ भने त्यहाँ रहेका कागजातहरु जलेर नष्ट भएका छन् ।
सोहि कारण सेवा ठप्प रहेको कार्यालयबाट हाल शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्यहरु शुरु गरिएको कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन् । उनका अनुसार हाल दुई वटा कार्यकक्षबाट सेवा शुरु गरिएको छ । अन्य कक्षहरु मर्मतसम्भार भइरहेको प्रशासनले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
थप सेवाका बारेमा पछि जानकारी दिईने प्रशासनले जनाएको छ ।
प्रकाशित मिति २०८२ भदौ ३० गते सोमबार १०:४६