संविधान दिवसका दिन स्याङ्जाका लोकतान्त्रिक, गणतान्त्रिक राजनीतिक दल एक ठाउमा आउने, संविधानको रक्षार्थ विविध कार्यक्रम सहित दिवस मनाउने एक बैठकको निर्णय

संविधान दिवसका दिन स्याङ्जाका लोकतान्त्रिक, गणतान्त्रिक राजनीतिक दल एक ठाउमा आउने, संविधानको रक्षार्थ विविध कार्यक्रम सहित दिवस मनाउने एक बैठकको निर्णय
२०८२ भदौ ३१ गते मङ्गलबार १०:१४

पोखरा भदौ ३१/ स्याङ्जाका लोकतान्त्रिक र गणतन्त्रवादी राजनैतिक दलहरुले विविध कार्यक्रम गरि संविधान दिवस २०८२ मनाउने भएका छन । मंगलबार नेकपा एमाले स्याङ्जाको पार्टी कार्यालयमा बसेको राजनैतिक दलहरुको संयुक्त बैठकले असोज ३ गते...

पोखरा भदौ ३१/ स्याङ्जाका लोकतान्त्रिक र गणतन्त्रवादी राजनैतिक दलहरुले विविध कार्यक्रम गरि संविधान दिवस २०८२ मनाउने भएका छन । मंगलबार नेकपा एमाले स्याङ्जाको पार्टी कार्यालयमा बसेको राजनैतिक दलहरुको संयुक्त बैठकले असोज ३ गते शुक्रबार संविधानको रक्षार्थ बजार परिक्रमा सहित कोण सभा गरि दिवस मनाउने निर्णय भएको नेपाली काङ्ग्रेस पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारीले जानकारी दिए । सो कोणसभामा स्याङ्जाका शिर्ष दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको समेत अधिकारीले बताए ।

नेकपा एमाले स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैरे पारसको अध्यक्षतामा बैठकमा नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति राजु थापा, नेकपा माओवादी केन्द्रका संयोजक शैलेन्द्र घिमिरे, नेकपा एसका अध्यक्ष शंकर ध्वज कार्की लगायतले आआफ्ना धारणा राखेका थिए ।

बैठकमा नेपाली काङ्ग्रेस स्याङ्जाका उपसभापति केदार काफ्ले, नेकपा एमाले स्याङ्जाका उपाध्यक्ष महेश पुरी, नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सदस्य कुम बहादुर गुरुङ, नेकपा एमाले सचिव आर सि भट्टराई, नेकपा एसका उपसचिव सन्तोष भण्डारी, नेपाली काङ्ग्रेस पुतलीबजार नगर सभापती सुरज कुमार अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति २०८२ भदौ ३१ गते मङ्गलबार १०:१४
प्रतिक्रिया दिनुहोस्