पवन मरासिनी, स्याङ्जा असोज ५/ भैरव कालिका महिला बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न भएको छ । स्याङ्जाको पुतलीबजार ५ मा रहेको सो सहकारीको २० औं साधारण सभा शनिबार सम्पन्न भएको हो ।
एक समारोहका बिच साधारण सभाको उद्घाटन गर्दै पुतलीबजार नगर प्रमुख तुलसी राम रेग्मीले यस सहकारीले महिलाहरुको उन्नयनका लागि उल्लेखनिय कार्य गरेको, घरेलु हिंसा न्यूनीकरणका साथै महिला सशक्तीकरण र आर्थिक विकासको क्षेत्रमा गरेको कार्यको प्रशंसा गरे । सो अवसरमा रेग्मीले नगरपालिकाले महिलाहरुको सर्वाङ्गीण विकासमा हर सम्भव सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
कार्यक्रममा वडा अध्यक्ष अर्जुन कुमार कार्की, नि वर्तमान वडा अध्यक्ष रामचन्द्र रेग्मी, वडा सदस्य कमला गुरुङ, सहयोगी बचत तथा ऋण सहकारीका अध्यक्ष देवी रेग्मी, सहकारीका पुर्व अध्यक्ष छाया रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रममा वडा सदस्य सन्तोष रेग्मी, अस्थायी प्रहरी चौकी टक्सार पौवैगौडेका प्रमुख ओम प्रकाश थापा, पुतलीबजार नगरपालिका टोल विकास समिती संयोजक रमेश रेग्मी लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा सहकारीकी रिता कार्कीले अध्यक्षको प्रतिवेदन सहित सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने सचिव लक्ष्मी कार्कीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
सहकारीकी कार्यबहाक अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य माया कार्कीले स्वागत एवम कार्यक्रम संचालन अप्सरा गोदारले गरेकी थिइन । कार्यक्रममा शितला माध्यमिक विद्यालयका विद्यार्थीहरुको नृत्य र साङ्गितिक प्रस्तुतिले थप रौनकता थपेको थियो ।










