related breaking

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु,

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु,
२०७८ असार १३ गते आईतबार ०८:३८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले...

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार कास्कीमा ८, स्याङजा २, र तनहुँमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु भएका मध्ये कास्कीका ७ जना महिला र १ जना पुरुष रहेका छन् । पोखरा –१३ का ४९ वर्षका पुरुष, पोखरा– २६ की ५९ वर्षकी महिला, पोखरा –१३ की ६७ वर्षकी महिला, पोखरा –११ की ६७ वर्षकी महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी पोखरा–१६ की ६५ वर्षकी महिला, पोखरा–८ की ७९ वर्षकी महिलाको उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको छ । उनका अनुसार पोखरा–५ की ४० वर्षकी महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।
यसैगरी तनहुँको भिमाद –५ की ७८ वर्षकी महिलाको पनि गण्डकी मेडिकल कलेजमै मृत्यु भएको हो । यस्तै, स्याङ्जा वालिङ–१ का ६७ वर्षकी महिला र पुतलीबजार–३ की ६३ वर्षकी महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको संयोजक शर्माले बताए । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३४ पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा थप ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाको नमूना परीक्षण गरिएकामा ३३० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १७७ पुरुष र १४४ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।्
निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ६७, म्याग्दीका ३५, पर्वत २२,लमजुङ १,गोरखा ५३, तनहुँ ४८, बाग्लुङ ६१, स्याङ्जाका ३९ र नवलपुरका ११ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ हजार ६१० पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५० हजार ९८७ पुगेको छ ।

प्रकाशित मिति २०७८ असार १३ गते आईतबार ०८:३८
प्रतिक्रिया दिनुहोस्