पोखरामा हार्डवेयर र क्यासिनाे व्यवसाय गर्दै आएका एक जना भारतीय नागरिकमाथि आक्रमण भएको छ। पोखराको लेकसाइडस्थित हल्लनचोक नजिक ट्याक्सी रोक्न खोजिरहेका बेला सन्तोष जसस्वाल नाम गरेका भारतीय ब्यबसायिमाथि सोमबार साँझ आक्रमण भएको हो। उनलाई मोटरसाइकलमा आएका ती युवाहरुले ढुंगाले हानेर भागेको बताइएको छ।
उनीमाथि आक्रमण गर्ने आक्रमणकारीहरुको पहिचान खुल्न सकेको छैन। तर उनको पोखराको सिर्जनाचोकस्थित मेट्रोसिटि अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ। हाल बोल्न सक्ने अवस्थामा रहेका उनकाे टाउकाेमा चाेट लागेकाे छ।
साँझको समयमा निलो रंगको पल्सर मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्ति जसस्वालमाथि लेकसाइडस्थित आक्रमण गरेका बताइएको छ। उनीहरु अझै फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति २०८२ असोज २१ गते मङ्गलबार ०९:५९