पोखरामा बुलेट र क्रसफायर बाईक मोडिफाई गरि चलाउने ४ जना युवा बाईक सहित पक्राउ

पोखरामा बुलेट र क्रसफायर बाईक मोडिफाई गरि चलाउने ४ जना युवा बाईक सहित पक्राउ
२०८२ असोज २७ गते सोमबार ०१:३६

पोखरा असोज २७/ पोखरामा बुलेट र क्रसफायर बाईक मोडिफाई गरि चलाउनेहरुलाई बाइक सहित प्रहरीले नियन्त्रणमा लिइएको छ ।पोखरामा विभिन्न मिति र समयमा मोटरसाईकलको स्वरुप परिवर्तन गराई, ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित...

पोखरा असोज २७/ पोखरामा बुलेट र क्रसफायर बाईक मोडिफाई गरि चलाउनेहरुलाई बाइक सहित प्रहरीले नियन्त्रणमा लिइएको छ ।पोखरामा विभिन्न मिति र समयमा मोटरसाईकलको स्वरुप परिवर्तन गराई, ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने चेकजाँचको क्रममा प्रहरीसँग विवाद गर्ने व्यक्तिहरु तथा मोटरसाईकलहरुलाई नियन्त्रणमा लिई कानूननी कारवाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।

पक्राउ पर्नेहरुमा

ग १२ प ९८३२ नम्बरमा मो.सा. चालक जिल्ला कास्की पोखरा म.न.पा. १० बुद्दचोक बस्ने वर्ष २१ का सुवास कार्की ।

ग २४ प ४४६६ नम्बरमा मो.सा. चचालक जिल्ला म्याग्दी मालिका गा.पा. १ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. ३ बस्ने वर्ष २५ का एल्बिन पुन ।

ग १४ प ८३९९ नम्बरको मो.सा. चालक जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ बस्ने बर्ष २६ का सन्जिव दुवाडी ।

ग ९ प ६०१३ नम्बरको मो.सा. चालक जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ प्रस्याङ बस्ने बर्ष २९ का अमृत चापागाई रहेको र थप अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।

साथै शहरी तथा ग्रामिण क्षेत्रमा हो–हल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपवाट आगोको झिल्का समेत निकाली समाजमा आशान्ति फैलाउने मोटरसाईकलहरु तपाइहरुको वडा एरियामा चलाएको देखेमा उक्त मोटरसाईकल नम्बर नेपाल प्रहरीको हटलाईन नम्बर १००, ट्राफिक प्रहरीको १०३ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराईदिनुहुन जिल्ला प्रहरी कार्यालय कास्की अनुरोध गर्दछ । सूचना दिने व्यक्तिको पुर्णतया गोपनियता कायम रहनेछ समेत कास्की प्रहरीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।

प्रकाशित मिति २०८२ असोज २७ गते सोमबार ०१:३६
प्रतिक्रिया दिनुहोस्