असहज परिस्थितिमा मानव अधिकारकर्मिको भुमिका महत्वपूर्ण :पुर्व सभापति लम्साल

असहज परिस्थितिमा मानव अधिकारकर्मिको भुमिका महत्वपूर्ण :पुर्व सभापति लम्साल
२०८२ मङ्सिर २ गते सोमबार १०:१३

पवन मरासिनी, स्याङ्जा मंसिर १/ मानव अधिकार तथा शान्ति समाज स्याङ्जाका पुर्व जिल्ला सभापती, पुर्व केन्द्रिय सदस्य एवम् स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भरत प्रसाद लम्सालले असहज परिस्थितिलाई सम्हाल्नका लागि मानव अधिकारकर्मिको...

पवन मरासिनी, स्याङ्जा मंसिर १/ मानव अधिकार तथा शान्ति समाज स्याङ्जाका पुर्व जिल्ला सभापती, पुर्व केन्द्रिय सदस्य एवम् स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भरत प्रसाद लम्सालले असहज परिस्थितिलाई सम्हाल्नका लागि मानव अधिकारकर्मिको महत्वपुर्ण भुमिका रहने बताएका छन । मानव अधिकार तथा शान्ति समाज स्याङ्जाको २१ औ जिल्ला साधारण सभा एवम् अधिवेशनको उद्घाटन गर्दै लम्सालले यस्तो बताएका हुन ।

उनले मानव अधिकार हनन, हिंसा र उल्लंघनका घटनामा मानव अधिकारकर्मिको जिम्मेवारी र दायित्व बढ्ने बताउदै राजनैतिक तथा सामाजिक अधिकार प्राप्तिका लागि गरिएका आन्दोलनमा मात्र नभइ न्याय र समानता प्राप्तिका लागि गरिएका हरेक मुभमेन्टहरुमा शान्ति समाजले आवाज उठाउदै आएको जिकिर गरे ।

शान्ति समाजले मानव अधिकारका विषयमा मात्रै नभई समाजले सरोकार राख्ने अन्य विभिन्न विषयहरुमा समेत महत्त्वपूर्ण योगदान पुर्याउदै आएको बताए । स्याङ्जा सदरमुकाममा आइतबार सम्पन्न समाजको सो अधिवेशनले भवानी अधिकारीको सभापतित्वमा ११ सदस्यिय कार्यसमिति चयन गरेको छ ।

प्रकाशित मिति २०८२ मङ्सिर २ गते सोमबार १०:१३
प्रतिक्रिया दिनुहोस्