स्याङ्जामा विद्यार्थी तथा अभिभावक उत्प्रेरणा कार्यक्रम हुने

स्याङ्जामा विद्यार्थी तथा अभिभावक उत्प्रेरणा कार्यक्रम हुने
२०८२ मङ्सिर ३ गते मङ्गलबार ०९:१०

पवन मरासिनी,स्याङ्जा मंसिर २/ स्याङ्जाको पुतलीबजारमा विद्यार्थी तथा अभिभावक उत्प्रेरणा कार्यक्रम हुने भएको छ । विद्यार्थी र अभिभावकहरुको व्यक्तित्व विकास, आत्मबल साथै अन्तर्निहित प्रतिभा प्रस्फुटनमा प्रोत्साहन, शैक्षिक मनोविज्ञान...

पवन मरासिनी,स्याङ्जा मंसिर २/ स्याङ्जाको पुतलीबजारमा विद्यार्थी तथा अभिभावक उत्प्रेरणा कार्यक्रम हुने भएको छ । विद्यार्थी र अभिभावकहरुको व्यक्तित्व विकास, आत्मबल साथै अन्तर्निहित प्रतिभा प्रस्फुटनमा प्रोत्साहन, शैक्षिक मनोविज्ञान र क्रियाकलापमा लगनशिलता संगै प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार सो कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रम पुतलीबजार नगरपालिका ३ बाड्खोलामा रहेको शिशु निकेतन अङ्ग्रेजी आवशिय माध्यमिक विद्यालय र पुतलीबजार १ को हिमालयन अङ्ग्रेजी आवशिय मा वि को संयुक्त आयोजनामा हुन लागेको शिशु निकेतन मा वि का प्रिन्सिपल मनोज मल्लले जानकारी दिए ।

पुतलीबजार ३ गुणिखोलामा रहेको सहयात्री पार्टी प्यालेसमा आयोजना भएको उत्प्रेरणा कार्यक्रममा डा तुलसी प्रभास खनालले प्रशिक्षण दिने जनाइएको छ ।
कार्यक्रममा कक्षा छ देखि एघार सम्मका विद्यार्थी र कक्षा नर्सरी देखि कक्षा एघार सम्मका विद्यार्थीहरुका अभिभावक सहभागी हुने बताइएको छ । सो कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको छ भने विद्यार्थी र अभिभावकहरुमा कार्यक्रमलाई लिएर उत्सुकता बढेको छ ।

स्याङ्जा सदरमुकामका यी दुई विद्यालयहरुले दैनिक जसो नै विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने मोडेलमा
पढाई संगै विभिन्न अतिरिक्त क्रियाकलाप एवम् कार्यक्रमहरु संचालन गर्दै आइरहेका छन ।

प्रकाशित मिति २०८२ मङ्सिर ३ गते मङ्गलबार ०९:१०
प्रतिक्रिया दिनुहोस्