एकदिने विद्यार्थी तथा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न

एकदिने विद्यार्थी तथा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न
२०८२ मङ्सिर ७ गते शनिवार ०९:१५

स्याङ्जा मंसिर ६/ स्याङ्जामा एकदिने विद्यार्थी तथा अभीभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ३ बाड्खोलामा रहेको शिशु निकेतन अङ्ग्रेजी आवाशिय माध्यमिक विद्यालय र पुतलीबजार १ विष्णुपधेरामा...

स्याङ्जा मंसिर ६/ स्याङ्जामा एकदिने विद्यार्थी तथा अभीभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ३ बाड्खोलामा रहेको शिशु निकेतन अङ्ग्रेजी आवाशिय माध्यमिक विद्यालय र पुतलीबजार १ विष्णुपधेरामा रहेको हिमालयन अङ्ग्रेजी आवाशिय माध्यमिक विद्यालय संयुक्त आयोजनामा शुक्रबार एकदिने विद्यार्थी तथा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको हो ।

पुतलीबजार नगरपालिका ३ गुणिखोलामा भएको कार्यक्रमको उद्घाटन प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदारले गरेका थिए भने प्रशिक्षक डा। तुलसि प्रभास खनालले अनुशासनको महत्व, समयको मुल्य, संघर्ष र सफलता, अभिभावकको जिम्मेवारी, असल अभिभावकिय गुण, बालबालिकासंग गर्नुपर्ने व्यवहार र आचरण लगायतका विषयमा सहजिकरण गरेका थिए।

सो कार्यक्रममा ३ सय जना विद्यार्थी तथा २५० अभिभावकहरुको सहभागीता रहेको शिशु निकेतन मा वि का प्रिन्सिपल मनोज मल्लले जानकारी दिए । हिमालयन आवाशिय मा वि का प्रिन्सिपल हरि प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा शिशु निकेतन मा वि का शिक्षिका उषा बि क ले स्वागत एवम् शिक्षिका मञ्जु थापाले संचालन गरेकी थिइन ।

विद्यार्थी र अभिभावकहरुको व्यक्तित्व विकास, आत्मबल साथै अन्तर्निहित प्रतिभा प्रस्फुटनमा प्रोत्साहन, शैक्षिक मनोविज्ञान र क्रियाकलापमा लगनशिलता संगै प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको शिशु निकेतन मा वि का प्रिन्सिपल मल्लले बताए ।

स्याङ्जा सदरमुकामका यी दुई विद्यालयहरुले दैनिक जसो नै विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने मोडेलमा
पढाई संगै विभिन्न अतिरिक्त क्रियाकलाप एवम् कार्यक्रमहरु संचालन गर्दै आइरहेका छन ।

प्रकाशित मिति २०८२ मङ्सिर ७ गते शनिवार ०९:१५
प्रतिक्रिया दिनुहोस्