पुतलीबजार ३ को गणेशमान सिंह मार्ग स्तरोन्नति अन्तर्गत शिलान्यास

पुतलीबजार ३ को गणेशमान सिंह मार्ग स्तरोन्नति अन्तर्गत शिलान्यास
२०८२ मङ्सिर १२ गते बिहिबार ०९:४०

स्याङ्जा मंसिर ११/ पुतलीबजार नगरपालिका वडा न ३ मा पर्ने सामग्रीचोक(इन्द्रेश(रानिस्वारा(नुवाकोट मोटरबाटो स्तरोन्नति अन्तर्गतको शिलान्यास गरिएको छ । सो मार्गलाई गणेशमान सिंह मार्ग नामबाट चिनिन्छ । बिहिबार पुतलीबजार नगरपालिकाका...

स्याङ्जा मंसिर ११/ पुतलीबजार नगरपालिका वडा न ३ मा पर्ने सामग्रीचोक(इन्द्रेश(रानिस्वारा(नुवाकोट मोटरबाटो स्तरोन्नति अन्तर्गतको शिलान्यास गरिएको छ ।

सो मार्गलाई गणेशमान सिंह मार्ग नामबाट चिनिन्छ । बिहिबार पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसी राम रेग्मीले सो बाटो स्तरोन्नतिका लागि शिलान्यास गरेका हुन ।

कार्यक्रममा वडा न ३ का कार्यवाहक वडा अध्यक्ष सोम बहादुर कुवर, अमिर बक्स मिया, नगर विकास समितिका सदस्य तथा स्थानीय जनसमुदायको उपस्थिति रहेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति २०८२ मङ्सिर १२ गते बिहिबार ०९:४०
प्रतिक्रिया दिनुहोस्