पोखरा,माघ ९/ पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउण्ट अन्नपूर्ण मा.वि. मा बसन्त पञ्चमीका अवसरमा सरस्वती पुजा तथा अक्षराम्भ कार्र्यक्रम सम्पन्न भएको छ ।शुक्रबार बसन्त पञ्चमीका अवसर सरस्वती पुजा तथा साना बालबालिकाहरुका लागि अक्षराम्भ गराइएको विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले जानकारी दिए । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावकसाथै स्थानीयहरुले पूजा आरधना सम्पन्न गरिएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य श्रेष्ठले आजको शिक्षा प्रणाली बालमनोविज्ञानमा आधारित हुनुपर्नेमा जोड दिए । उनले विद्यालयले बालमनोविज्ञानमा आधारित आधुनिक शिक्षा प्रणालीमा विशेष जोड दिइरहेको बताए ।
यस्तै विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरज प्रधानाङ्ग, अतिरिक्त क्रियाकलाप निर्देशक तेज गुरुङ प्रशासनिक प्रमुख चित्र गुरुङ,लेखा प्रमुख नवराज शर्मा लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो । माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र माउंटेनियरिङ विषयमा कक्षा १२ सम्म पढाई हुन्छ यो गण्डकी प्रदेशमानै निजि स्तरबाट सञ्चालित पहिलो निजि बिद्यालय हो ।










