पोखरा, फागुन ७/ पोखरा १३ लामोडहरमा रहेको गण्डकी आदर्श एकेडेमीले आफ्नो २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
बिहिवार स्कुल परिसरमा बिभिन्न कार्यक्रमहरु समावेश गरि २७ आँै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको भाईस प्रिन्सिपल जित बहादुर थापाले जनाकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी विश्वबिद्यालयका उपकुलपति डा. कृष्णराज अधिकारीले गण्डकी आदर्श एकेडेमीले शैक्षिक क्षेत्रमा पु¥याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए। उनले विद्यालयले अनुशासन, गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापलाई सँगसँगै अघि बढाउँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। बिद्यालयका अध्यक्ष खड्क बहादुर गुरुङले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक मञ्जु सापकोटाले विद्यालयको २७ वर्षे शैक्षिक यात्राले अनुशासन, गुणस्तरीय शिक्षा र जीवनोपयोगी सीपमा आधारित शिक्षालाई प्राथमिकतामा राख्दै आएको बताइन । उनले नयाँ ब्यवस्थापन सगैँ अहिले बिद्यालय सञ्चालन भएको बताउदै बिद्यालय र समुदाय बिच सुमधुर सम्बन्ध बनाई अगाडि बढने उल्लेख गरिन् । कार्यकारी निर्देशक कृष्णराज सापकोटाले बदलिँदो समयअनुसार प्रविधिमैत्री शिक्षण पद्धति अवलम्बन गर्दै विद्यार्थीको समग्र विकासमा जोड दिइएको उल्लेख गरे । “विद्यालय केवल परीक्षामा उत्कृष्ट नतिजा ल्याउने थलो मात्र होइन, असल नागरिक उत्पादन गर्ने थलो पनि हो,” सापकोटाको भनाइ थियो।कार्यक्रममा ग्लोबल कलिजियट प्रर्चाय बाबुराम पन्तले शिक्षक, अभिभावक र विद्यालय प्रशासनबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। अभिभावक सन्दिप पुन मगरले शिक्षक–अभिभावकबीचको नियमित संवाद र सहकार्यलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै विद्यालय प्रशासनप्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा हिसान कास्कीका अध्यक्षय दिवाकर जैसी,पोखरा पब्लिक स्कुलका अध्यक्ष कृष्ण केसी , ताराकुञ्ज स्कुलका प्रमुख रवि मोहन वराल,शिक्षकहरु रुपिन्द्र प्रभावी,बर्षा गुरुङ, सञ्चालक समितिका सदश्यहरु,बिभिन्न टोल समुहका प्रमुख,अभिभावक शिक्षक र बिद्यार्थीहरुको उल्लेख सहभागिता रहेको थियो । कार्यक्रममा प्रि नसरी देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए भने बिभिन्न बिद्यामा उत्कृष्ट हुनेहरुलाई पुरेस्कार बितरण गरिएको थियो।















