एमाले उम्मेदवारको गाडीमाथि कास्कीमा ढुंगा प्रहार ,नेपाली कांग्रेसका ३ जना कार्यकर्ताले ढुङ्गा हानी तोडफोड गरेको एमालेको दावी

एमाले उम्मेदवारको गाडीमाथि कास्कीमा  ढुंगा प्रहार ,नेपाली कांग्रेसका ३ जना कार्यकर्ताले ढुङ्गा हानी तोडफोड गरेको एमालेको दावी
२०८२ फाल्गुण १४ गते बिहिबार ०६:०१

पोखरा फागुन १४/ कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेको उम्मेदवारले प्रयोग गरेका दुईवटा गाडी तोडफोड भएका भएको छ ।मादी गाउँपालिका वडा नम्बर ११ को उपल्लो साप्लेमा उम्मेदवारले प्रयोग गरेका दुईवटा गाडी तोडफोड भएका हुन् । एमाले कास्की...

पोखरा फागुन १४/ कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेको उम्मेदवारले प्रयोग गरेका दुईवटा गाडी तोडफोड भएका भएको छ ।मादी गाउँपालिका वडा नम्बर ११ को उपल्लो साप्लेमा उम्मेदवारले प्रयोग गरेका दुईवटा गाडी तोडफोड भएका हुन् । एमाले कास्की क्षेत्र नम्बर १ का उम्मेदवार बैन बहादुर क्षेत्रीको चुनावी अभियानमा रहेका सवारी साधनमा क्षति पुगेको छ । ढुंगा प्रहारबाट बा ९ च ८९२८ नम्बरको फर्चुनर र ग ४ प १०१५ नम्बरको हाइलेण्डर गाडीका सिसा फुटेका छन् ।

मादी गाउँपालिकामा चुनावी कार्यक्रम सञ्चालन भइरहेका बेला पार्किङमा राखिएका गाडी तोडफोड भएको एमालेले जनाएको छ । नेपाली कांग्रेसका ३ जना कार्यकर्ताले ढुङ्गा हानी तोडफोड गरेको एमालेको दावी रहेको छ । एमालेले उक्त घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

प्रकाशित मिति २०८२ फाल्गुण १४ गते बिहिबार ०६:०१
प्रतिक्रिया दिनुहोस्