पोखरामा बुधबार बिहान विद्युत् आपूर्ति अवरुद्ध हुने

पोखरामा बुधबार बिहान विद्युत् आपूर्ति अवरुद्ध हुने
२०८२ चैत १० गते मङ्गलबार ०९:१३

पोखरा, १० चैत/ नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र मालेपाटनले बुधबार बिहान पोखराका दुई फिडरमा एक घण्टा बन्द हुने जनाएको छ । प्राधिकरणले बिहान ९ बजे देखि १० बजेसम्म ११ केभी सराङकोट र बैदाम फिडर सटडाउन गरिने हुँदा ती क्षेत्रमा...

पोखरा, १० चैत/ नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र मालेपाटनले बुधबार बिहान पोखराका दुई फिडरमा एक घण्टा बन्द हुने जनाएको छ ।

प्राधिकरणले बिहान ९ बजे देखि १० बजेसम्म ११ केभी सराङकोट र बैदाम फिडर सटडाउन गरिने हुँदा ती क्षेत्रमा एक घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

पोखरा ग्रीड महाशाखा अन्तर्गत कुँडहर १३२/११ केभी सबस्टेशन भित्र रहेका ११ केभी फिडरहरूको प्यानलमा जडित प्रोटेक्सन रिले परीक्षण तथा प्यानल ओभरहोलिङ कार्य गर्न लागिएको जनाएको छ ।

साथै, पोखरा वितरण प्रणाली सुदृढीकरण आयोजना (अन्डरग्राउण्ड) अन्तर्गत पोल इरेक्शन कार्यसमेत सोही समयमा गरिने प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८२ चैत १० गते मङ्गलबार ०९:१३
प्रतिक्रिया दिनुहोस्