ढोरपाटन नगरपालिकाको कृषि शाखा मार्फत नगरका कृषकलाई फलफूलका विरुवा वितरण गरिएको छ । नगरका सबै वडाका कृषकका माग अनुसार कृषि शाखाले १२ हजार विरुवा वितरण गरेको छ ।
वडातहबाट कृषकमा माग अनुसार नगरपालिकाले ३ हजार एभोकाडो फलका विरुवा, ३ हजार कागतिका विरुवा, ३ हजार ५ सय, सुन्तला जातका विरुवा र २ हजार ५ सय टिमुरका विरुवा वितरण गरेको कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले बताउनुभयो ।
चालु आर्थिक वर्षको वजेटबाट विरुवा खरिद गरि वितरण गरिएको छ । कृषकलाई ५० प्रतिशत अनुदानमा विरुवा वितरण गरिएको कृषि शाखा प्रमुख अधिकारीले बताउनुभयो । नगरपालिकाले एभोकाडोको विरुवालाई प्रति विरुवा १ सय ५० का दरले खरिद गरी किसानलाई प्रति विरुवा ५० रुपैयाँका दरले प्रदान गरेको छ । कागति र सुन्तलाको विरुवा प्रतिगोटा ३० रुपैयाँमा खरिद गरि १५ रुपैयाँमा र टिमुरको प्रति विरुवा ४० रुपैयाँमा खरिद गरि २० रुपैयाँमा वितरण गरिएको अधिकारीले जानाकारी दिनुभयो ।










