राष्ट्रपति र प्रधानमन्त्रीकाे पुतला दहनमा प्रहरी र विद्यार्थीबीच घम्साघम्सी (फोटो फिचर)

राष्ट्रपति र प्रधानमन्त्रीकाे पुतला दहनमा प्रहरी र विद्यार्थीबीच घम्साघम्सी (फोटो फिचर)
२०७८ असार १७ गते बिहिबार ०४:१०

विपक्षी गठबन्धन निकट विभिन्न विद्यार्थी संगठनले​ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन्। प्रतिगमनकाे विराेधमा विद्यार्थी संगठनले बिहीबार प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडि पुतला...

विपक्षी गठबन्धन निकट विभिन्न विद्यार्थी संगठनले​ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन्। प्रतिगमनकाे विराेधमा विद्यार्थी संगठनले बिहीबार प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडि पुतला जलाएका हुन्।

प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सीसमेत भएको थियो। पटक–पटक संसद विघटन गरेर संविधान विरोधी गतिविधि गरेको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजीसमेत गरेका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रकाशित मिति २०७८ असार १७ गते बिहिबार ०४:१०
प्रतिक्रिया दिनुहोस्